देशभर मनाइयो गुरु पूर्णिमा

Karate 1

काठमाडौं । आफुलाई सीप सिकाउने र शिक्षा दिने गुरुको सम्झनामा आज देशभर गुरु पूर्णिमा मनाइएको छ । विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरुले विभिन्न तरीकाले गुरु पूर्णिमा मनाएका छन् ।

त्यसैक्रममा नेपाल डब्लुआइकेएफ वादो इन्टरनेशनल कराँते डो संघले पनि गुरु पूर्णिमा मनाएको छ ।

जोरपाटी बेसीगाउँस्थित रिम्स स्कुलमा एक कार्यक्रमको आयोजना गरी डब्लुआइकेएफ वादो इन्टरनेशनलका संस्थापक गुरुहरुको सम्झनामा मौन धारण गर्दै खेलको क्षेत्रमा विकास गर्ने प्रण गरे ।

डब्लुआइकेएफ वादो इन्टरनेशनलले गरेको सो कार्यक्रममा प्रमुख प्रशिक्षक मानबहादुर मोक्तान, वरिष्ठ प्रशिक्षकहरु अजयभक्त श्रेष्ठ, मनिस तामाङ, प्रेमकुमार मोक्तान सञ्जयजंग शाही, ईश्वर मोक्तानसहित कराँतेका झण्डै ५० जनाको सहभागिता थियो ।

सो कार्यक्रममा नेपाल डब्लुआइकेएफ वादो इन्टरनेशनल कराँते डो संघका संरक्षक तथा रिम्स स्कुलका प्रिन्सिपल बालमुकुन्द कार्कीले नेपाल डब्लुआइकेएफ वादोको विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...