किन देउवाको विकल्प खोजे पौडेलले ?

Pokha paudel

पोखरा । दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा अपेक्षाकृत जित हात पार्न नसकेपछि नेपाली कांग्रेसभित्र खैलाबैला नै मच्चिन थालेको छ ।

दुई चरणमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको असक्षम नेतृत्वकै कारण पार्टी आरालो लागेको भन्दै नेता कार्यकर्ताले आलोचना गरिरहेका छन् ।

यसरी सबैभन्दा तीव्र असन्तुष्टि हुनेमा बरिष्ठ नेता रामचन्द्र पौडेल खेमा छ । यसले दोस्रो चरणको निर्वाचन सकिएपछि त पार्टी सभापति शेरबहादुर देउवाको निक्कै आलोचना गर्ने गरेको छ । आइतबार पोखरा पुगेका पौडेलले देउवाको कडा आलोचना गरे ।

त्यति मात्र होइन, देउवा नेतृत्वमा पार्टी कमजोर देखिएपछि विछिप्त बनेका बरिष्ठ नेता पौडेल पोखरा आएर पार्टीभित्र देउवाको बिकल्प खोज्नुपर्ने बताएका छन् । कांग्रेसको तर्फबाट स्थानीय निकायको निर्वाचनमा निर्वाचित प्रतिनिधिको सम्मानमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘चुनावी परिणामले पार्टीभित्र विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।’

‘कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्ने कि जनतालाई बाहिर खोज्न पठाउने ? भन्ने कुराको अब निक्र्योल हुनुपर्छ’ देउवाले भने, ‘अब सचेत हुनुपर्छ, सभापतिदेखि पार्टीका सबै नेतालाई भनेको छु कि कांग्रेसको विकल्प कांग्रेस भित्रैबाट खोज्ने हो कि जनतालाई खोज्न बाहिर पठाउने हो ? त्यसको निधो हुनुपर्छ ।’

स्थानीय निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारणबारे समिक्षा हुनुपर्ने उनको तर्क थियो । उनले स्थानीय निकायको निर्वाचनमा पार्टी पराजय हुनमा अरु नभएर पार्टी सभापति नै भएको उनले दावी गरे । उनले पार्टी सभापतिकै क्षेत्रमा कांग्रेस पछाडि परेकाले त्यसको समीक्षा गर्नुपर्ने बताए ।


निरीह छन् पौडेल ?
प्रजातन्त्र स्थापना गर्न पटकपटक लढ्दै आएको कांगे्रसभित्र लामो समय स्व. गिरिजाप्रसाद कोइरालाको एकछत्र राज नै चल्यो । पार्टीको लागि लामो समय संघर्ष गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतको ठूलो तप्का तड्पिईरह्यो ।

गिरिजाको अगाडी उनीहरु नतमस्तक नै बने । कोइरालाको निर्णय शिरोधार्य गर्नुबाहेक उनीहरुको केही बिकल्प थिएन । कोइराले गरेका निर्णयलाई चुनौती दिने उनीहरुको आँट र साहस नै थिएन । यसरी लामो कालखण्ड बित्यो कांग्रेसमा । गिरिजाप्रसाद कोईरालाको स्वर्गारोहण भएपछि पार्टीमा देउवावाद हावी हुन थाल्यो ।

कोइराला खेमामा फर्किएर लामो समय बिताएका रामचन्द्रको देउवाको अगाडि केही चलेन । देउवा कोइरालाको बिरासत धान्दै पार्टीमा कब्जा जमाए । अहिले गिरिजाको जस्तै हालिमुहाली देउवाले चलाएको कांग्रेसका नेता, कार्यकर्ताहरुले बताउँदै आएका छन् । त्यही भएर पनि पौडेलले बारम्बार देउवाप्रति आक्रोस पोख्ने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...