बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक

Rpp nc moist

काठमाडौं । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा त्रिपक्षीय वार्ता भएको छ ।

वालुवाटरस्थित प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा कांग्रेस र माओवादीका शीर्ष नेताहरुले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए । सो बैठकमा राप्रपाका नेताहरुले संविधान संशोधनमा आफुहरु सकारात्मक रहेको जानकारी दिएका थिए ।

शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि शनिवार बैठक गरिएको हो ।

सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी थिए ।

प्रतिकृया दिनुहोस