राष्ट्रपति रनिङ शिल्डमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

7

काठमाडौं । नवौं राष्ट्रपति रनिङ शिल्डअन्तर्गत शनिवार भएको भलिबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन् । राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो । ८ अंकसाथ मध्यमाञ्चल दोश्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेश्रो बने ।

छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो । मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन । ९ अंक जोडेको पूर्वाञ्चल दोश्रो भयो । ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेश्रो स्थान चित्त बुझायो ।

अन्तिम दिन छात्र र छात्रातर्फ समान २–२ खेल भयो । छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१ र २५–२३ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २१–२५ र २५–१६ ले पराजित गरे । छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१० र २५–१८ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१६ को सोझो सेटमा हराए ।

यसैगरी शनिवार नै भएको फुटबलमा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले उपाधि हात पारेको छ ।

फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि दिपेनसिंह ठकुरी र हेमराज राउतले १–१ गोल गरे ।
छात्राको उपाधि भिडन्तमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ गोलअन्तरले हरायो । विजेताका रश्मी घिसिङले २ गोल गरिन् भने सविता राना मगर र रजनी थोकरले १–१ गोल थपे । पश्चिमाञ्चलकी उदया थापाले सान्त्वना गोल फर्काइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...