एथलेटिक्समा प्रकाशको कीर्तिमान

4

काठमाडौं । नवौं राष्ट्रपति रनिङ सिल्डअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भए । प्रकाशले ०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो । मध्यमाञ्चलका भुवन महतो दोश्रो र पश्चिमाञ्चलका सन्दिप चौधरी तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी अनिता भुल पहिलो भइन् । अनिताले १ मिनेट ०७.२५ सेकेन्डमा दौड सकाइन् । पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोश्रो र मध्यमाञ्चलकी काजल विष्ट तेश्रो बने ।

छात्रा त्रिपल जम्मा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटर जम्प लगाउदै शीर्ष स्थानमा रहे । मध्यपश्चिमाञ्चलका सुशिल केसी दोश्रो तथा सुदूरपश्चिमाञ्चलका निरकुमार रानाले तेश्रो स्थान हात पारे । त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन् । विपनाले १०.५६ मिटर जम्प गरिन् । सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते ।

छात्र ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४५.६५ मिटर थ्रो गरे । सुदूरपश्चिमाञ्चलका रमेश पोखरेल दोश्रो तथा मध्यमाञ्चलका सन्तराम माझी तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना २५.१९ मिटर थ्रो गर्दै अब्बल बनिन् । पश्चिमाञ्चलकी सुनीता थापा दोश्रो र मध्यमाञ्चलकी एलिना खड्का तेश्रो भए ।

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा जयरानीले २७.४४ सेकेन्ड समय निलिन् । १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोश्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेश्रोमा सीमित भइन् ।

४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलले स्वर्ण, पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कांस्य जिते ।

एथलेटिक्सको समग्रमा मध्यपश्चिमाञ्चल सर्वाधिक १ सय ७३ अंक जोड्दै टिम च्याम्पियन बन्यो । १ सय ६७ अंकमा मध्यमाञ्चल दोश्रो र १ सय ३८ अंकमा पश्चिमाञ्चल तेश्रो भए ।

तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रचे । त्यसमा मध्यमाञ्चलका अजितकुमार यादवले दोहोरा कीर्तिमान आत्मासात् गरे । उनले १ हजार ५ सय र ३ हजार मिटर दौडमा कीर्तिमान बनाए । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा कीर्तिमान बनाउन सफल भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...