ओड बने उपमहानगरपालिका हाँक्ने पहिलो दलित मेयर

Od

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । उनी दलित समुदायबाट उपमहानगरपालिका हाँक्ने पहिलो दलित मेयर बनेका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हात पारेको हो ।

धनगढी उपमहानगरपालिकाको मेयरमा नृप ओड विजयी भएका छन् । उनले १४ हजार ३ सय २४ मत प्राप्त गर्दै उपमहानगरपालिकामा जित हात पारेका हुन् । उनी दलित समुदायबाट उमहानगरपालिकामा मेयर हुने पहिलो व्यक्ति बनेका छन् ।

नेपाली कांग्रेसले ओडलाई मेयरको उम्मेद्वार बनाएपछि नेपाली कांग्रेसभित्रैबाट चर्काे विरोध भएको थियो । दलितले मेयर जित्न सक्दैन भन्दै बागी उठाइएको थियो । तर, उनले गैरदलित उम्मेद्वारलाई पराजित गर्दै मेयर जित्न सफल भएका छन् ।

उनलाई मतगणनाको सुरुवातमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका थिए । तर, अन्तिम समयमा उनले ११ हजार ५ सय २७ मत ल्याएका थिए ।

उपमेयरमा नेपाली कांग्रेसकी विजयी भट्टले १७ हजार ४ सय ८ मत ल्याएर विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२ हजार ७ सय ६३ मत ल्याइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...