उत्साहका साथ राजपा पुग्यो निर्वाचन आयोग

Rajapa 1

काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल अन्नतः निर्वाचन आयोगमा दर्ता भएको छ ।

विहीबार नै निर्वाचन आयोगमा दल दर्ता गरिने भनिएको भए पनितत्कालीन सद्भावना पार्टीका अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान राखेका कारण दर्ता हुन पाएको थिएन । तर, सुक्रबार भने राजपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

दल दर्ताको निवेदन दिएसँगै राजपालाई तेस्रो चरणको निर्वाचनमा भाग लिने बाटो खेलेको छ । सरकारले यही असोज २ मा प्रदेश नं. २ मा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

राजपाले निर्वाचनमा भाग लिन छाता चिन्ह माग्दै आएको थियो । सरकारले पनि राजपा निर्वाचनमा आउने भए छाता चुनाव चिन्ह दिन सकिने जनाइसकेको छ । यद्यपी दल दर्ता गराउँदैमा चुनावमा भाग लिनुपर्छ भन्ने नभएको राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...