झापामा एमालेलाई लाग्यो ठूलो धक्का

जिल्ला अध्यक्ष पाठक गाउँपालिकामै पराजित

Ramesh bhujel

झापा । देशभर एमालेको लहर चलिरहेका बेला नेकपा एमालेले झापामा ठूलो धक्का लागेको छ ।

झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला पनि हो । यही जिल्लाका पार्टी जिल्ला अध्यक्ष पनि निर्वाचनमा पराजित भएका छन् । गौरादह नगरपालिकाका प्रमुखमा उठेका जिल्ला सचिव मदन अधिकारी पनि पराजित भएका छन् । 

जिल्लामा राम्रो पकड बनाएका र पार्टीभित्र राम्रो छवी बनाएका एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकलाई बुद्धशान्ति गाउँपालिकामा कांग्रेसका उम्मेदवार रमेश भुजेलले नराम्ररी पराजित गरेका छन् । उनी आफ्नै गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भए । भुजेलले ७ हजार ९ सय ९६ मत ल्याउँदा पाठकले पाठकले ७ हजार ३ सय ५३ मत ल्याए ।

उपमेयरमा भने एमालेले बाजी जितेको छ । मिरा भुर्तेलले ७ हजार ४ सय ५७ मत ल्याएर नेपाली कांग्रेसकी चन्द्रकला भट्टराईलाई पराजित गरिन् । भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् ।

यता, माओवादी केन्द्रका मेयरका उम्मेद्वार खड्ग तिम्सिनाले २ हजार ६६ मत र उपमेयरकी उम्मेदवार अस्मितकला लिम्बुले २ हजार ५ सय ८ मत ल्याइन् ।

प्रतिकृया दिनुहोस