साहित्यकार प्रधान सम्मानित

बागलुङ, । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याए वापत साहित्कार एवम् पत्रकार प्रमोद प्रधानलाई बुधबार
सम्मान गरिएको छ ।

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा आयोजित ‘यात्रा आफ्नै परिवेश’ कार्यक्रममा उनलाई प्रतिष्ठानका अध्यक्ष काजी रोशनले सम्मान–पत्रबाट सम्मान गरेका हुन् ।

सो अवसरमा सम्मानित व्यक्तित्व प्रधानले साहित्य आफ्नो रुचिको क्षेत्र भएको उल्लेख गर्दै साहित्य र पत्रकारितालाई सँगसँगै अघि बढाएको बताए ।

२०१५ सालमा विराटनगरमा जन्मिएका प्रधानका हालसम्म २५ भन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । कविता, बाल साहित्य, अनुसन्धान र समालोचनाका क्षेत्रमा प्रधानले कलम चलाउँदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस