बाजुरामा तीन दलित महिला निर्विरोध निर्वाचित

Bajura

बाजुरा, । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुआत गरेका हुन् ।

बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका ४७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...