सप्तरीमा खटीएका मतदान अधिकृतहरु राजपा कार्यकर्ताको नियन्त्रणमा

Saptari

राजविराज । राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएको छ ।

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ ।

बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।

राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह, विन्दु खंगलगायत परेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ता नाराबाजीका बीच घेरा हालेर राखेका छन् ।

स‌ंविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...