प्रदेश नम्वर २ र ५ मा चुनाव सार्ने निर्णय डलपलमा

Nirbachan ayog

काठमाडौं । प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको चुनाव सार्ने निर्णय झन्डेै झन्डै निण्र्नयमा पुग्ने तयारी भएको छ ।

दोस्रो चरणको चुनाव लाई लिएर सरकार र राजपाबीचको मतभेद अव सडक र तनावको तहमा आएपछि फेरि एक पटक वार्ता शुरु भएका छन् ।

हिजो मात्र प्रमुख राजनीतिक दल र राजपाबीच वार्ता भएको थियो । तर, त्यहाँ कुनै सहमति नभएपछि आज फेरि वार्ता हुँदैछ ।

तर, समय भने तय नभएको राजपाका नेताहरुले बताएका छन् । आफ्ना माग सम्बोधन नगरी सरकारले चुनावी तयारी अगाडि बढाएको भन्दै राजपाले आमहड्तालसम्मका कार्यक्रम गरेपछि सरकार अफ्ठारोमा परेको छ ।

यहीँ कारण हिजोको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्वर २ र ५ मा चुनाव सार्ने प्रस्ताव गरेका छन् । तर, विपक्षी एमालेले यसलाई अस्वीकार गरेको छ । यस्तो अबस्थामा आज हुने भनिएको वैठकमा पनि सहमति जुटने सम्भावना कम छ ।

यति हुँदाहुँदै पनि चुनावमा सवै पक्षलाई सहभागी गराउन सत्तारुढ दलहरु चुनाव सार्ने विषयमा उदार देखिएका छन् ।

यसका लागि केही प्राविधिक कुरा मात्र मिलाउन वाँकी छ । त्यो भनेको राजपाले अव सार्ने मितिमा चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाउने हो । राजपा र सरकारबीच आज चार बजे वार्ता हुँदैछ । यहीँ वैठकमा यस्तो सहमति बन्ने सम्भावना छ ।

दोस्रो चरणको चुनावको मनोनयका लागि दुई दिन मात्र वाँकी रहदा सरकार र राजपाबीच संवाद भएको हो । चुनाव सार्ने हो भने मनोनयन अगाडि नै सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।

त्यसकारण बुधवार वा बिहिबार भित्रमा चुनाव सार्ने सम्भावना रहेको छ । २ र ५ नम्वर प्रदेशको चुनाव सके केही दिन पर नभए दशै र तिहारको बीचमा गर्ने गरी चुनाव सर्ने सम्भावना छ ।

राजपाको हिजोदेखि तराई–मधेशका जिल्लामा बन्द शुरु भएको छ । दोस्रो चरणको चुनावका लागि असार २ गते हुने मनोनयनलाई ध्यान दिदै राजपाले जेठ ३० देखि असार २ सम्म तराई–मधेशका जिल्लामा बन्द आव्हान गरेको छ ।

असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ नम्बरमा स्थानीय तह दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दलहरुले असार २ गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ । स्थानीय तह पहिलो चरणको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...