प्रधानन्यायाधीशको ‘नयाँ जन्म मिति सिफारीस ’

न्यायपरिषदबाट सदर, ११ महिना काम गर्न पाउने

Gopal parajuli

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति २०१० बैशाख १६ गतेलाई सदर गरेको छ । यससँगै पराजुली प्रधानन्यायाधीश भए उनको कार्यकाल ११ महिना हुने भएको छ ।

परिषदले मंगलबार मात्र प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ । यो सिफारिससँगै पराजुलीको उमेर २०१० बैशाख १६ गते कायम गरिएको जानकारी पनि संवैधानिक परिषदलाई गराएको छ ।

सर्वोच्चले हालै मात्र उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतको उमेरबारे तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाएको थियो । बस्नेत र पराजुली दुबैले प्रधान्यायाधीशको निर्णयविरुद्ध परिषदमा उजुरी पनि दिएका थिए ।

बस्नेतको मुद्दामा सर्वोच्चले पुरानो निर्णय कानुन विपरित भएको ठहर गरेको भन्दै न्याय परिषद्ले पराजुुलीको हकमा पनि त्यो निर्णय कायम राख्न नदिने बताएको छ । परिषद् ऐनको दफा ३१ को उपदफा ६ बमोजम पराजुलीको जन्ममिति २०१० बैशाख १६ गतेलाई सदर गरिएको न्याय परिषदले जनाएको छ ।

पराजुलीको नागरिकतामा उमेर २१ वर्ष उल्लेख थियो । तर, जन्ममिति थिएन । तर, शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१० बैशाख १६ गते थियो । उमेर विवाद देखिएपछि निवर्तमान प्रधानन्यायाधीश कार्कीले पराजुलीको उमेर २००९ साउन २१ गते कायम गरी त्यही सिफारिस गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...