पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई ‘सुगङ्गा पुरस्कार’

बागलुङ, । बागलुङमा स्थापित सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

निष्पक्ष र निडरतापूर्वक न्याय सम्पादन गरी समाजमा पु¥याएको योगदानको कदरस्वरुप उनले लाई सो पुरस्कार प्रदान गर्न लागिएको होे ।

यस्तै, ‘सुङ्गा सम्मान’ पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनलाई प्रदान गर्ने निर्णय भएको कोषका सदस्य सचिव ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

पत्रकारिता, अनुसन्धान र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदान बापत गौचन सम्मानित हुन लाग हो । पुरस्कृत र सम्मानित हुने दुबै व्यक्तित्वको गृह जिल्ला बागलुङ हो ।

आउँदो असार १८ गते बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा सो पुरस्कार र सम्मान प्रदान गरिने कोषले जनाएको छ ।

बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा २०६६ सालमा कोष स्थापना गरेका छन् ।

कोषले समाजका विशिष्ट व्यक्तित्वलाई दुई वर्षको अन्तरमा पुरस्कार र सम्मान प्रदान गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले बताए ।

दुई वर्ष अघि छैठौं सुगङ्गा पुरस्कार राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकलाई प्रदान गरिएको थियो ।

कोषले हालसम्म विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सुगङ्गा पुरस्कार र ६ जनालाई नै सुगङ्गा सम्मान प्रदान गरिसकेको छ । पुरस्कारको राशि रु २५ हजार पाँच रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...