विराटनगर बन्दको अवज्ञा गर्दै टेम्पो र रिक्सा तोडफोड

बन्दकर्ताहरुले हडतालको उल्लंघन गरे

Tempo

विराटनगर । बन्दकर्ताहरुले हडतालको उल्लंघन गरेको भन्दै विराटनगर , काठमाण्डौ चल्ने बा ३ ख ८३७४ नम्बरको निशान माइक्रो बस तोडफोड गरेका छन् ।

यस्तै बन्दकर्ताहरुले को १ ह १६८३ नम्बरको टेम्पु र को १ ह ४२१८ नम्बरको सिटी रिक्सासहित अन्य केही सिटी रिक्साहरुमा समेत तोडफोड गरेका छन् ।

राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनले आह्वान गरेको बन्दका कारण विराटनगरसहित आसपासको जनजीवन प्रभावित भएको छ। हडतालका कारण नगरक्षेत्रका बजार पसल खुल्न सकेका छैनन् ।

नगरक्षेत्रको मेनरोडस्थित बुधहाटचोक सहित विभिन्न चोकहरुमा बन्दकर्ताहरुले प्रदर्शन गरिरहेकाले मंगलबार विहानैदेखि बजारक्षेत्रका पसलहरु खुल्न सकेका छैनन् ।

बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले केही सवारीसाधनमा समेत तोडफोड गरेका छन् । बन्दका कारण विराटनगरबाट पूर्व पश्चिम जाने सवारीसाधन चल्न सकेका छैनन्।

नगरक्षेत्रमा मोटरसाइकल र सिटी रिक्सा भने प्रशस्तै चलेका छन्। बन्दको क्रममा मोटरसाइकल,एम्बुलेन्स सहित अत्यावश्यकीय सवारीसाधनलाई रोक नलगाइएको राष्ट्रिय जनता पार्टीका मोरङ संयोजक मोहम्मद कादिरले जानकारी दिए।

विराटनगर बाहिरबाट आएका यात्रु बाहक बसहरु भने स्थानीय बरगाछि चोकसम्म यात्रु लिएर आइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन गिरीले जानकारी दिए। बन्दकर्ताहरुले विराटनगरको रानी सहित, कटहरी, नयाँबजार लगायतका क्षेत्रमा समेत प्रदर्शन गरिरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...