स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा  

Trikona

नेपालगन्ज, । स्थानीय तहको निर्वाचनले नेपालगञ्जमा चुनावी चटारो बढेको छ । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्ला मा त्रिकोण्ीय प्रतिस्पर्दा हुने देिखएको छ ।

आ—आप्mनो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् ।

जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रायः सबै राजनीतिक दलले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

राजनीतिक विश्लेषकका अनुसार जिल्लाको स्थानीय निकाय निर्वाचनमा मुख्यतया तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच नै त्रिकोणीय प्रतिस्पर्धा हुने सम्भावना छ ।
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भयो भने त्रिकोणीय प्रतिस्पर्धामा केही फरक पर्नसक्ने राजनीतिक विश्लेषकद्धय डा जनार्नद आचार्य र अर्जुन पोखरेलको निचोड छ ।

विसं .२०४८को संसदीय निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले २०५१ को मध्यावधि निर्वाचनमा सबै सिट गुमाएको थियो ।

निर्वाचनको पूर्वानुमानलाई मतदाताले पटक÷पटक गलत सावित गरेकाले कुन दलको वर्चस्व कायम हुन्छ भन्ने अनुमान गर्न कठिन भएको हो ।

अव हुने स्थानीय निकायको निर्वाचनमा उपमहानगरपालिकाको नेतृत्वलाई आप्mनो अस्तित्वसंग जोडको पाइन्छ ।

सो उपमहानगरपालिकाका लागि काँग्रेसले डा सुरेशकुमार कनौडिया, एमालेले समसुद्दिन सिद्धिकी, नेकपा माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा धवल शमशेर राणालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार बाँके जिल्लाका कूल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् । कूल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रोलिङ्गी एकजना छन् ।

निर्वाचनमा मतदाताले सहजरुपमा मतदानमा भाग लिन सकुन भन्ने उद्देश्यले जिल्लाका १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजनासमेत बनाएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थर्ले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...