बन्दको कारण प्युठानको जनजीवन प्रभावित

Banda

प्यूठान । जेष्ठ २४ गते जिल्ला सेक्रेटरी ददिराम सुवेदीसहित ११ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको विरोधमा प्युठान बन्द गरिएको हो ।

आफ्ना, नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले गरेको राप्ती बन्दले प्यूठानको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

विद्यालय, कलकारखाना, व्यापारिक प्रतिष्ठान ठप्प छ । निर्वाचनको प्रचारमा हिँड्ने उम्मेदवारका गाडी पनि चलेका छैनन् । दिनहुँ चहलपहल हुने जिल्लाका मुख्य बजारहरु जिबुवार, जुम्री, बाग्दुला सबै सुनसान छन् ।

यसैबीच बन्दमा सहभागी भएको भन्दै नेकपा कार्यकर्ता राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज हरि बस्नेतलाई मंगलबार बिहान जुम्रीबाट प्रहरीले पक्राउ गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस