सदाचारयुक्त अभियान द्धन्द पिडितहरु संग छलफल

Umesh bk

काठमाडौँ । भुकम्पपछिको पुर्ननिमार्णलाई सदाचारयुक्त बनाउने अभियान ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले द्धन्द पिडितहरुसंग छलफल गरेको छ ।

द्वन्दबाट एकल तथा साहरावीन बनेका प्रभावितहरुले भुकम्पपछि राहत तथा पुर्ननिमार्णमा भोग्नु परेका समस्या तथा पुर्ननिमार्णलाई सदाचारयुक्त बनाउन आम नागरिकको भुमिका कस्तो हुनुपर्छ बन्ने बारेमा छलफल गरिएको थियो ।

उक्त छलफल कार्यक्रममा द्वन्द पिडित नागरिकले भुकम्पपछिको राहत तथा पुर्ननिमार्णमा भोग्दैआएको समस्या झेल्नु परेका अप्ठ्यारो बारे कुराकानी गरिएको थियो ।

सहभागि पिडितहरुले हाल सरकारी तबरमा संचालित पुर्ननिमार्णमा संलग्न प्राविधिकहरु सहज उपलब्ध नहुने, प्रमुख समस्या छिमेकीहरुले भोगेका देखेको साथै अमिन तथा प्राविधिकहरुले अनावश्यक दुःख दिने गरेका पनि गुनासो सुनिएको पनि बताए ।

समाजका अझै पनि द्वन्द पिडितहरुले सहजरुपमा जिवनयापन गर्नै वातवरण नभएको र पुर्न निमार्ण कार्य यस्ता पिडितका लागि सहज नभएको बताए, थप आर्थिक व्यवस्थापन गर्न नसके कै कारणले अधिकांशले पुनृनिमार्णको कार्य नगरेका समेत उल्लेख गरे ।

दैनिक मजदुरीबाट जीवन धानेकाहरुलाई पुर्ननिमार्णका लागि थप आर्थिक जोहो गर्न अति नै कठिन भएको बताए ।

सहभागिहरुले अब नागरिकहरलाई राहत दिने हो भने नक्सा पास प्रकृया सहज तथा सुलभ बनाउनु पर्ने, प्रविधिकहरु सहज उपलब्ध हुने व्यवस्था गर्नु पर्ने, आकाशिदो ज्यादादरलाई व्यवस्थित गर्न समेत सम्बन्धित निकायलाई समेत आग्रह गर्नु भएको थियो ।

साथै तालिम प्राप्त जनशक्तिको उचित परिचालन गर्न समेत सहभागिले आग्रह गरेका छन् । उक्त छलफलमा अब हुने पुर्ननिमार्ण प्रकृयालाई कसरी सदाचारयुक्त बनाउन सकिन्छ भनि जानकारी गराईएको थियो ।

सरकारी भवनको पुर्ननिमार्ण भईरहदाँ त्यसमा प्रयोग गरिएको निमार्ण सामग्री, लागत , निमार्ण सम्पन्न हुने अवधि, निमार्णकर्ता कम्पनी बारे जानकारी सहितको बोर्ड राखे नराखे बारे चनाखो हुन समेत सहभागिलाई आग्रह गरिएको थियो ।

कार्यक्रम स्थानिय शान्ति समितिको समन्वयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको हो । उक्त कार्यक्रम परियोजना अधिकृत उमेश विश्वकर्माले सहजिकरण गर्नू भएको हो भने शान्ति सचिब दुर्गा आचार्यको अध्यक्षतामा स्थानिय शान्ति समितिको कार्यालयमा गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...