खानेपानीको समस्या खोला खाल्साको पानी खानुपर्दा झाडापखला, आँउको महामारी

Khanepani 3

जाजरकोट, । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगारा मा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीको लागि एक घण्टाको समय खर्चिन बाध्य छन स्थानीय बासीहरु ।

स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ ।

गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भने “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए ।

पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए । वर्षात्को समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उनले बताए । । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,” उनले भने ।

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...