डडेल्धुरालाई मदिरा निषेधित क्षेत्र घोषण गरिने ।

Dadeldhura

डडेल्धुरा । दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरालाई असार १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिन लागिएकोे हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा शनिबार होटल व्यवसायीहरुसंगको गरिएको छलफलबाट यो निष्कर्ष निकालिएको हो ।

सदरमुकाममा सञ्चालित होटेलहरुलाई पनि मनोनित दर्ता गर्ने दिनको एक दिन अगाडि अर्थात असार १ गते देखि मदिरा विक्री वितरण नगर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ९३ को खण्ड क बमोजिम जिल्लाभरि नै मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरिएको हो । कसैले कानून उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो । जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा पनि अनुगमन गर्न सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...