निर्वाचनसम्म डडेल्धुरा मदिरा निषेधित क्षेत्र

Local raksi

डडेल्धुरा । डडेल्धुरालाई १ असारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।

दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा १४ असारमा हुने स्थानीय तहको निवमदिरा निषेधित क्षेत्र बनाउने तयारी भएको हो ।

निर्वाचनलाई सहज बनाउन यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई ध्यानमा गर्दै निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिन लागिएकोे हो ।
सदमुकामका होटेलहरुलाई पनि मनोनयन दर्ता गर्ने अघिल्लो दिनदेखि नै मदिरा विक्री वितरण नगर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ९३ को खण्ड क बमोजिम जिल्लाभरि नै मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरेको शाहीले बताए । कसैले कानून उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा पनि अनुगमन गर्न सक्ने जनाएको छ । रात्रीकालिन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन मदिरा निषेध गरिन लागिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...