सडक दुर्घटनामा १९ को मृत्यु  

Dg

नयाँदिल्ली, । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार नहरमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी १० को मृत्यु भएको छ ।

मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताए ।

यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए ।

सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् ।

त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार विहान ०५।३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिए ।

बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उनले बताए ।
मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...