राम्रालाई छाडेर हाम्रालाई उम्मेदवार बनाउँदै एमाले

Biratnagar

विराटनगर । स्थानीय निकायअन्तर्गत भएको पहिलो चरणको निर्वाचनमा अन्य पार्टीभन्दा अलिक धेर सिट जितेको एमालेले आफुखुसी उम्मेदवार बनाउन थालेपछि मोरङमा एमालेभित्र पानी बारबार मात्रै भएको छैन, मुद्दा मामेलासमेत चल्न थालेको छ ।

खासगरी मोेरङमा एमाले अवध्यक्ष केपी शर्मा ओलीले राम्रालाई भन्दा पनि हाम्रालाई उम्मेदवार बनाएपछि एमालेभित्र कुटाकुटको अवस्था समेत आएको छ ।

जिल्लाका अधिकांस नेताहरुले जिल्ला अध्यक्ष विनोद ढकाल पैसाको पछि लागेको आरोप लगाउन थालेका छन् । निर्वाचनमा जित्नेलाई भन्दा कमजोरलाई टिकट बाढ्न थालेपछि माधवकुमार नेपाल पक्षधर र ओली पक्षबीच भनाभन मात्रै भइरहेको छैन, आरोप प्रत्यारोप मात्रै चलिरहेको छ ।

विराटनगर महानगरपालिकामा लालबाबु पण्डितलाई मेयर बनाउने हल्लाका बीच ढकाललाई मेयर बनाएपछि झन एमालेभित्र भुईचालो नै गएको छ ।

क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङ कोशी हरैंचा नगरपालिकामा केपी ओली गुटले गलत मानिसलाई मेयरको उम्मेदवार बनाएकोमा धेरै रुष्ट बनेका छन् । उनी ढकालविरुद्ध कारवाहीको माग गदमाधव नेपालसमक्ष पुगेका छन् ।

कोशी हरैंचा नगरपालिकामा अध्यक्ष विनोद ढकालले आफ्नो गुटका केदार गुरागाईलाई मेयर बनाउन लागेका छन् । तर उनलाई मेयरमा उठाए पार्टी हार्ने आरोप लगाएका छन् ।

उत्तरी मोरङको सुन्दर हरैंचा नगरपालिका बिराटनगरपछिको दोस्रो ठूलो स्थानीय तह हो । सुन्दर हरैंचा नगरपालिकामा ८० हजार ५ सय १८ जनसंख्या छ ।

एमालेले जिल्लाका सबै ठाउँमा आफ्नालाई काखी च्याप्न थालेका छन् । आफ्नालाई उम्मेदवार बनाउने लहड नै चलेको छ । एकाथरी सांसदहरुले ओली खेमालाई उम्मेदवार बनाउन चाहेका छन् भने नेपाल पक्षले आफ्नालाई उम्मेदवार बनाउन चाहेका छन् ।

पहिलो चरणको निर्वाचनमा एमालेलेको लहर चलेको बेला आफ्नालाई जिताउन पाए हुन्थ्यो भन्नेमा नेताहरुको ध्यान जादा एमालेभित्र पैरो जाने अवस्था आएको एमालेका असन्तुष्ट नेताहरुले आरोप लागएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...