काँग्रेसको झन्डा च्यातीयो एमाले र काँग्रस बिच भयो लाठीमुङग्री

एमालेका उम्मेदवार घाइते

Emale

खोटाङ । नेपाली काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडप हुँदा एमालेका उम्मेदवार घाइते भएका छन् ।

एमालेका कार्यकर्ताले बिहीबार काँग्रेसको झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ ।

काँग्रेस कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका ह्न् ।

घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताए ।


चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका काँग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले छ । तमाङको टाउकोमा गहिरो चोट लागेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...