मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

Game 3

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई एक शून्य गोलले पराजित गरेको छ ।

अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा सम्पन्न खेलको पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । डिफेण्डर ग्याब्रियल मेर्काडोले गरेको त्यस गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

सुपरस्टार नेइमारबिना प्रतिस्पर्धामा उत्रिएको ब्राजिलले लियोनल मेस्सीको टिम अर्जेन्टिनासामू बलियो चुनौति पेश गर्न सकेन ।

एडगार्डो बाउजालाई बर्खास्त गर्दै स्पेनिस क्लव सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीलाई नियुक्त गरेको अर्जेन्टिनाले त्यसपछिको पहिलो खेलमै जित हासिल गरेको छ ।

फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको अर्जेन्टिनाका लागि यो जित हौसला बटुल्ने माध्यम बनेको छ ।

१० टोली सम्मिलित विश्वकप दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिना २२ अंकसहित पाचौं स्थानमा छ । चार खेल बाँकी रहँदा अर्जेन्टिनासामू विश्वकपमा छनौट हुन बाँकी सबै खेल महत्वपूर्ण छ । उसले आगामी अगष्ट ३१ मा उरुग्वेसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । यता ब्राजिल भने विश्वकपमा छनौट भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...