फोरम र सद्भावनाबीच पार्टी एकता

पार्टी एकता समयको माग भएको दावी

Upendra sarita

काठमाडौं । मधेशी दलहरुले यतिवेला एकतालाई तीव्रता दिन थालेका छन् । यसैक्रममा संघीय समाजवादी फोरम नेपाल र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरीले नेतृत्व गरेको सद्भावनाबीच शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एकताको घोषणा गरेका हुन् ।

पार्टी एकता कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले अहिको आवश्यकताले गर्दा दुई पार्टीबीच एकता गराएको बताए । उनले अन्इ पार्टीबीच पनि एकताका लागि छलफल भइरहेको बताए ।

अवसर समानता, अधिकारमा समानता, न्यायमा पहुँच जस्ता कुरालाई आत्मसात् गरेर अघि बढेका पार्टीबीच एकता हुनुले जनतामा उत्साह पैदा गरेको बताए ।

गिरीले लामो समयको गृहकार्यपछि संघीय समाजवादी फोरमसँग आफ्नो एकतामा परिणत भएको बताइन् । संघीय समाजवादी फोरम नेपाल र उपेन्द्र यादवलाई मधेशका मात्रै नभएर विकास, परिवर्तन, मुलुकका समस्या र एजेण्डको लागि लड्दै आएको भन्दै आफ्नो पार्टी एकतामा आउन राजी भएको बताइन् ।

पार्टी एकता कार्यक्रममा फोरम नेपालका फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, सचिव रत्नेश्वरलाल कायस्थ लगायत केन्द्रिय सदस्यहरु उपस्थिति थिए ।

अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको लागि गरेको वाचा पूरा गर्नुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गर्नुभएको छ, ती सबै बाचा पुरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनता सहभागिता बढाउने वातावरणको निर्माण गर्नुहुनेछ ।’

गिरीले नेतृत्व गरेको पार्टीका सम्पूर्ण पदाधिकारिलाई बधाई दिँदै अध्यक्ष यादवले मुलुक, गरिव, जनजाति, थारु, उत्पीडित जनता लगायत सम्पूर्णको लागि सदनदेखि सडकसम्म एकजुट भएर लाग्नुपर्ने बताए । उनले सरकारले जनताका मागहरू सम्बोधन नगरेको खण्डमा जनता चुप बस्न नसक्ने दावी गरे ।

कार्यक्रममा सरिता गिरीले मधेशका जनता निर्वाचनको पक्षमा रहेको दाबी गरिन् । उनले मधेशका जनता निर्वाचनको पक्षमा रहेको बताइन् । उनले २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका मधेशी जनताले नचुकाउने बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...