सहयात्रीलाई चिनाउने ‘घामको किरण बरको छायाँ’ हो

Lal sahayatri pariyar

रोल्पा जिल्लाको सुकिदह गाउपालिका २ ओइलाममा जन्मिएका लाल सहयात्री परियार ७ वर्षदेखि लोक गीत संगीतको क्षेत्रमा निकै चर्चित र प्रतिभाशाली गायक हुन् । उनी युवा पुस्ताको मनमा बस्न सफल गायक भएका छन् । उनले ‘चौतारीमा बरको छायाले, चोखो माया दिएकै थिए सिन्दुर दिन पाइन्, रोल्पा मेरो घर, काठमाडौँ सहर’ जस्ता थुप्रै गीतहरु बजारमा ल्याएका छन् । प्रस्तुत छ, संंगीतकै यात्रामा संर्घषरत रहेका परियारसँग निसान न्युजका लागि सुशीला बिकले गरेको संगीतमय संवाद ।

तपाईको बुझाईमा संगीत के हो ?
संगीत सुख दुःखकोे साथी हो । दुःखमा हसाउने काम पनि गर्छ भने रुवाउने काम पनि संगीतले गर्छ ।

संगीत क्षेत्रमा कसरी लाग्नु भयो ?
सानैदेखि गीतसंगीत मन पराउने मान्छे, धेरै गीतहरु सुन्ने र गाउने गर्दथे । पुराना गीतहरु धेरै सुन्ने र गाउन गर्दथे । बढी रुची राख्ने भएर पनि होला धेरै साधना चाहि गरिनँ । स्वरले पनि साथ दियो । अरुको गीतहरु सुन्दा म पनि त्यस्तै हुन पाए हुन्थ्यो । संगीतप्रति चासो बढ्दै गयो । गीत संगीत के हो भन्ने थाहा भयो । अग्रज कलाकारहरुको साथ पाएर पहिलो गीत ‘मत तिम्रै भलो चाहन्छु’ बोलको गीत आफ्नै शब्द संगीत र राजेन्द्र कडेलको स्वरमा  बजारमा ल्याउन सफल भए ।

तपाईले संगीतमा लाग्ने प्रेरणा चाँही कोबाट पाउनु भयो ?
गाउ घरमा मेलापात लाग्दा दोहोरी गीतहरु धेरै गाउने गर्दथे । यसकै उपज भन्नुपर्छ गाउँघरमा हुँदादेखि नै साथीहरुको साथ बढी नै पाए । बागलुङका सहयात्री साथी सञ्जय परियार, लोक गायक राजेन्द्र कँडेल, मिनु एलजी दैलेखी लगायतबाट यो क्षेत्रमा लाग्ने हौसला पाएँ ।

तपाईले धेरै गीत गाउनु भयो । तर, तपाईलाई चिनाउने गीत चाँही कुन हो ?
आफ्नो मेहनत र सृजना सबै नै उत्कृष्ट लाग्छन् । सबैलाई उत्तिक परिश्रम परेको हुन्छ । मेरो गीत जति बजारमा आयो, ती सबैलाई स्रोताहरुले मन पराई दिनुभएको छ । तर, मलाई अलिक छिटो चर्चामा ल्याउने चाँही ‘घामको किरण बरको छायाँ’ बोलको गीत हो । यसले मलाई लाल सहयात्री भनेर चिनायो ।

तपाईलाई लोकदोहोरी गायक हुनुहुन्छ । के छन् आगामी योजना ?
मेरो सांगीतिक यात्रा निरन्तर जारी छ र रहने छ । संगीत क्षेत्रमा केही गर्छु भनेर लागिरहेको छु । अहिले ४ वटा गीतको काम भइरहेको छ । नेपाली दिदी बहिनीहरुको विषेश चाड तीजलाई लक्षित गरेर तीजको गीत ल्याउने तयारीमा छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...