सवारी दुर्घटनामा परि चार घाइते

झापा । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् ।

पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गौरादह–५ निवासी ३७ वर्षीया बिमला भुजेलसहित चारजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्टरका सहचालक ३५ वर्षीय अजय मण्डल, बसमा सवार गौरादह–३ निवासी ४० वर्षीया शारदा डाँगी र २० वर्षीया अनिषा भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...