काठमाडौं नगर कार्यपालिकामा प्रतिनिधि छनौट आज

काठमाडौं । काठमाडौं नगर कार्यपालिकामा निर्वाचित महिला सदस्य cमध्येबाट ५ जना र महानगरको मतदाता नामावलीमा नाम भएका दलित र अल्पसंख्यक मध्येबाट ३ जना गरी ८ जना सदस्यको छनौटका लागि आज निर्वाचन हुने भएको छ ।

काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार ३१ गतेको निर्वाचनबाट मेयर र उपमेयरसहित १६२ जना प्रतिनिधि निर्वाचित हुनु पर्नेमा महानगरको वडा नं. २४, २५ र २७ बाट कुनै पनि दल वा स्वतन्त्र तर्फबाट दलित महिलामा उम्मेद्वारी दर्ता हुन नसकेकोले अहिले ३ सिट खाली भएको छ ।

३१ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता हुनेछन् । जस अन्तर्गत महानगरका प्रमुख र उपप्रमुखसहित १५९ जना प्रतिनिधिले मतदान गर्नु हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...