सत्तामा जान हार गुहार गर्दै राप्रपा

माग्न थाल्यो सम्मानजनक स्थान

Kamal thapa

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा निक्कै रस्साकस्सी भएको थियो । अहिले उसले सम्मानजनक सहभागिता खोज्दै सरकारसँग हारगुहार गर्न थालेको छ ।

एकाथरीले राष्ट्रियता जोगाउन भए पनि निःशर्त समार्थन गर्नुपर्ने अडान लिँदा पार्टी अध्यक्ष कमल थापा चाँही उपप्रधानमन्त्री नदिए सरकारलाई समर्थन नगर्ने अडानमा थिए । अहलिे फेरि उपप्रधामन्त्री नपाउँदा सरकारमा सहभागिता अन्योलमा परेको छ ।

स्रोतहरुका अनुसार राप्रपा अध्यक्ष कमल थापा सकभर उपप्रधानमन्त्री पाए आफैं जाने सुरमा छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा जुनसुकै हालतमा पनि उपप्रधानमन्त्री नदिने पक्षमा छन् । देउवा पक्षले उपप्रधानमन्त्री दिन नसकिने जवाफ आइसकेको स्रोतको दावी छ ।

द्येउवाले उपप्रधानमन्त्री नदिने पक्कापक्की भइसकेपछि राप्रपाले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गर्न थालेको छ । राप्रपाको ३७ सांसद् छन् ।
सम्मानजनक स्थानको खोजीले गर्दा मन्त्री बन्न खुट्टा उचालेर बसिरहेका केही सांसदको निद हराम भएको छ । कतै पार्टी अध्यक्षले सरकारमा नजाने निर्णय त गर्ने होइनन् भन्ने केन्द्रिय कार्य सम्पादन समितिमा पनि चर्चा चल्न थालेको छ ।
सरकारमा सहभागिताकै लागि सरकारसँग वार्ता गर्न राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो । सो समितिले कांग्रेस र माओवादी केन्द्रसँग संयुक्त बैठक बसेर पनि मन्त्रालय बाँडफाँडका विषयमा छलफल गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस