मधेशका जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार : यादव

Upendra yadav

काठमाडौं । मधेशमा स्थानीय तहको हुँदैनकी भन्ने आशंका भइरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा मधेशी जनताले छाता ओढर भए पनि भोट दिन जाने दावी गरेका छन् ।

अध्यक्ष यादवले मधेशी जनताले चुनाव चाहिरहेकाले पनि जनतामा उत्साह रहेको बताए । उनले मधेशी निर्वाचान चाहेका छैनन् भन्ने हल्ला चिर्न पनि मधेशका जनताले छारा र रेनकोट ओढेर पनि मत दिन आतुर भएको बताए ।

उनले अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने बताए । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भए पनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले भने, ‘अब चुनाव हुन्छ, कोही पार्टीले चुनावमा जान्न भन्दा पनि अब चुनाव रोकिँदैन, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन् ।’

प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट हान्न आउने उनको दावी थियो ।

‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशी हुँदा पनि उहाँहरुले भोट त हाल्नुभयो । अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुन्’ उनले भने, ‘जसले निर्वाचनमा भाग लिन्न भनिरहनुभएको छ, उहाँहरुले मधेशीलाई भोट दिनुको अर्काे विकल्प छैन ।’

अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्लारहेको समेत जानकारी दिए । उनले भने, ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं ।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावी तालमेल गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...