किन गए उपप्रधानमन्त्री महरा महाराज आश्रम ?

Krishna mahara

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) । यो नामै काफी छ । यो नाम सुन्ने वित्तिकै यो पार्टीलाई वामपन्थी भन्ने गर्छन् । माओवादी केन्द्रले आफुलाई बामपन्थी विचारले ओतप्रोत भएको मान्ने गर्छ । यसैका एक जना जिम्मेवार नेता धार्मिक विचारले ग्रस्त भएको पाइएको छ ।

त्यति मात्रै होइन, एक क्रिष्चियन पादररुसँग क्रिश्चियन धार्मिक परम्परा अनुसार नेपालगञ्जको एक चर्चमा पुगेर बप्तिसमा लिएको तस्वीर भाइरल नबनेको होइन ।

बुधबार मात्रै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनेका कृष्णबहादुर महरा सशस्त्र युद्धकालमा मात्रै होइन, गणतन्त्र आएपछि यताका दिनमा पनि आफुलाई नास्तिक बताउने गर्छन् । तर, तिनै नास्तिक मन्त्री आज कृष्णदास महाराजको आश्रम आर्शिर्वाद लिएका छन् ।

तत्कालीन माओवादीले १० वर्षे सशस्त्र युद्धका बेला मन्दिरलाई निसाना पनि बनाए । यतिसम्मकी मन्दिरका पुजारीलाई कालो मोसो दलेर पनि घुमाए । आज तिनै पुजारीको साइत विना एकपाइला पनि नचल्ने गरेको देख्दा वामपन्थी विचार बोक्नेको नाखमा ‘गु’ दलेझै भएको छ ।

कृष्णदास महाराज तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सुनसरीको चतरामा भैंसी पूजा गराएका थिए । आज फेरि उपप्रधानमन्त्री बनेका महरा उनै महाराजके पाउँमा पुगेर आर्शिवाद थापेका छन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरुसँग सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका थिए ।


सबै नेताहरु आश्रम पुगेको तस्वीरहरु कृष्णदासले सावैजनिक गरेका छन् । उनले सार्वजनिक गरेका तस्वीरमा देउवा पत्नी आरजु देउवाले सन्त कृष्णदासको अगाडि ध्यान मुद्रामा देखिएको छ भने विजयकुमार गच्छदारले पहेंलो बस्त्र काँधमा राखेर नमस्कार गरेको देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...