खोटाङमा एमाले र कांग्रेसबीच झडप

कांग्रेस कार्यकर्ता धाइते विरोधमा एक घण्टा धर्ना

Congress flag

खोटाङ, । स्थानीय तहको दोस्रो चरणको निर्वाचको प्रचारप्रसारको क्रममा खोटाङको हलेसीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट काँग्रेसका राउत घाइते भएको प्रहरीले जनाएको छ । राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

सो घटनाको विरोधमा नेपाली कांग्रेसले विरोध जुलुस निकालेको छ । घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यलय हलेसीमा एक घन्टा धर्ना दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...