आफ्नै दिदीले गरिन् बहिनीको हत्या

Hatya  5

काठमाडौँ ।  झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ आफ्नै दिदीले नौ वर्षिया बनिीको हत्या गरेकी छन् ।

दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।

बुबा काम विशेषले बाहिर गएको र आमा पनि बजार गएको समयमा घरमा गङ्गा र उनकी दिदीमात्रै रहेको अवस्थामा बालिकाको हत्या भएको र आमा बजारबाट घर फर्किएपछि हामीलाई खबर भयो प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...