खेलकुद मन्त्रीको बिदाइ

Daljit sripaili

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मन्त्री दलजीत विके श्रीपालीलाई बुधबार बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, खेलकुद मन्त्रालयका सचिव महेश दहाल लगायतका कर्मचारी, स्काउटका प्रतिनिधि, युवा परिषद्का प्रतिनिधिलगायतले सिहंदरबारस्थित मन्त्रीकै कार्यकक्षमा बिदाइ गरेका हुन् ।

सो अवसरमा मन्त्री श्रीपालीले सबैको सहयोगले आफ्नो कार्यकाल सफल भएको धारणा व्यक्त गर्दै आउने मन्त्रीलाई पनि आफूलाई झै सहयोग गर्न आग्रह गरे । उनले आफ्नो कार्यकालमा आफू मातहतका क्षेत्रलाई माथि उठाउन सक्दो प्रयास गरेको बताए ।

सदस्य–सचिव विष्टले मन्त्रीज्यूले लामो समदेखि रोकिएको सातौं राष्ट्रिय खेलकुद आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अन्योलमा रहेको नेपालको राष्ट्रिय खेलकुदको टुंगो लगाउन पनि विशेष भूमिका खेलेको विचार व्यक्त गरे । उनले मन्त्रीज्यूको कार्याकालमा अन्य विषयमा पनि महत्वपूर्ण निर्णय भएको जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस