नेपाल र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता

Senapati

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री र बंगलादेशका सेना प्रमुख अबु वेलालमहमत सफिल हुँकबीच भेटवार्ता भएको छ ।

नेपालको औपचारिक भ्रमणमा आएका बंगलादेशी सेनापति हुँकले जङ्गी अड्डामा प्रधान सेनापति क्षतिसँग बुधबार शिष्टाचार भेट गरेका हुन् ।

सो भेटमा प्रधान सेनापति र बंगलादेशका सेना प्रमुखबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशानलयले जनाएको छ ।

यसअघि बंगलादेशी सेना प्रमुखले टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गरेका थिए भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...