रेजिनाले गरिन् गायकको भिडियो विमोचन

Albam

काठमाडौं । चर्चित नायिका रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो विमोचन गरेकी छन् ।

उक्त गीतमा कमल सिंह र अक्षेता राईले अभिनय गरेका छन् । गीतको निर्देशन सन्तोस राजवाहक, छायांकन ज्ञानेन्द्र शर्मा, सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

उप्रेतीले ‘कान्छीले’को विमोचन गर्दै स्रष्टा अजय तामाङको खुलेरै प्रशंसा गरिन् । उनले भनिन्, ‘नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीत संगीतहरू निर्माण भइरहेका छन्, यसैमा गायक अजय जीले आफ्नै शब्द, संगीत तथा स्वरमा ‘कान्छीेले’ बोलको गीत बजारमा ल्याउनुभएको छ, यो गीत निक्कै मिठो छ ।’

श्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) की अध्यक्ष अमृता स्मृतिले गायकलाई सांगीतिक यात्रा सफल पार्न आफु र आफ्नो संस्था लागिपर्ने बताइन् ।

सो कार्यक्रममा बिकु लामा, उर्मिला थपलियाले गीतको बारेमा शुभकामना दिएका थिए भने गजलकार कमल संघर्ष, यात्री प्रकाश पाण्डे, कवि सोझो गाउँले, सुनिता खनाल लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...