उपप्रधानमन्त्री महराको पहिलो निर्णय : वैदेशिक रोजगारीसम्बन्धी उच्चस्तरीय कार्यदल बनाउने

Krishna mahara

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज आफ्नो कार्यभार सम्हाल्न थालेका छन् ।

उनले कार्यभार सम्हाल्दै वैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधान गर्न उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

वैदेशिक रोजगारीका चुनौती र सम्भावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालीन, मध्यकाीनन र दिर्घकालीन प्राथमिकता निर्धारण गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधीहरु रहेको कार्यदल गठन समेत गरेका छन् ।

सो कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले तोकिए बमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतिक्षामा बस्नुपर्ने जस्ता समस्या समाधान गर्नका लागि योजना बनाउनेछ ।

खासगरी खाडी मुलुकमा काम गर्ने नेपालीहरुले यी समस्याहरु भोगिरहेका छन् । ति देशमा १५ लाख नेपालीहरु कामदारका रुपमा रहेको अनुमान छ ।

उनले आजै मन्त्रालयका कर्मचारीलाई राष्ट्रिय स्वाधिनतालाइ प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरुसँग मित्रवत व्यवहार गर्न निर्देशनसमेत दिएको उनका प्रेस सहयोगी त्रिभुवन पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...