एभर्टन छाड्दै लुकाकु

Romelu lukaku

काठमाडौं । रोमेलु लुकाकुले एभर्टन छड्ने भएका छन् । र, उनले फैसला गरेका छन् कि उनी अर्को सिजन कहाँबाट खेल्न चाहन्छन् ।

२४ बर्षीय स्ट्राइकर लुकाकुले गत सिजन प्रिमियर लिगमा २५ गोल गरेका छन् । उनले एभर्टनको इतिहासकै सबैभन्दा आकर्षक अनुबन्ध प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

सन् २०११ मा चेल्सीले उनलाई अनुबन्ध गरेको थियो र उनले चेल्सीबाट मात्र १० खेल खेल्न पाए । वेष्टब्रुम हुँदै एभर्टनमा उनी लोनमा पुगेका थिए । चेल्सीले उनलाई पुनः अनुबन्ध गर्ने सम्भावना धेरै रहेको बताइन्छ ।

सन् २०१३ यता एभर्टनमा रहेका अनुबन्ध गराउन प्रिमियर लिग च्याम्पियन चेल्सी, म्यान्चेस्टर युनाइटेड र बार्यन म्युनिखले चासो दिएका छन् ।

 

प्रतिकृया दिनुहोस