भक्तपुर अस्पताल अध्यक्षले मागे माफी

Vaktapur 1

भक्तपुर । भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेका भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले माफी मागेका छन् ।

उनले पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकार्दै कार्यक्रम स्थलमै माफी मागेका छन् । भक्तपुर अस्पतालले आज आयोजना गरेको कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई अध्यक्ष खड्काले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिँदैं ‘बरिष्टहरु’ भनी होच्याएको आरोप पत्रकारहरुले लगाएका थिए ।

उनको सो अभिव्यक्तिप्रति विरोध गर्दै कार्यक्रम बहिस्कार गरेका थिए । अस्पतालका प्रशासन प्रमुखले समेत अध्यक्षको गलत अभिव्यक्ति आएको स्वीकार्दै उनले पनि असपतालका तर्फबाट माफी मागेका थिए ।

समाचार संकलनका लागि पुगेका विभिन्न टेलिभिजन र अनलाईन पत्रकारहरुले कार्यक्रम समयमै शुरु गर्न आग्रह गर्दा उनले पत्रकारलाई होच्याएको पत्रकारहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...