फिलिपिन्सले श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक

Treamp

काठमाडौं । फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताए ।

भ्रमणका अबसरमा साउदी राजाले इरानले आतंकबादलाई प्रायोजन गरेको आरोप लगाएका थिए । अहिले साउदीसहितका देशहरुले कतारलाई पनि सोही अभियोग लगाउँदै कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

हाल कतारमा करिव डेढ लाख फिलिपिनो कामदार कार्यरत छन् भने खाडी मुलुकहरुमा २० लाखभन्दा धेरै फिलिपिनो कार्यरत छन् ।

कतारमा अमेरिकी सेनाको मध्यपूर्वमै सवैभन्दा ठूलो सैन्य अखडा रहेको छ । कतारलाई एक्ल्याउने सन्दर्भमा अमेरिकासमेत खुलेरै लागेपछि अब अमेरिका र कतारको सम्बन्ध पनि चिसिने देखिएको छ ।

कतार बिदेशी कामदारका लागि सुरक्षित रहेको प्रत्याभूति नभएसम्म कामदार पठाउने प्रकृया स्थगित गरिएको फिलिपिन्सले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...