गच्छदार सदावहार उपप्रधानमन्त्री

Bijaya gachheda

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।

पटकपटक उपप्रधानमन्त्री बन्नेमा मधेशका यी भाग्यमानी नेता हुन् । जो गणतन्त्र आएपछि पटकपटक उप्रधानमन्त्री बनेका छन् । पुष्पकमल दाहा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी उपप्रधानमन्त्री नै थिए ।

देउवा सरकारमा गच्छदारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय दाबी गरिरहेका छन् । गच्छदारलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिने सम्भावना रहेको कांग्रेस निकट स्रोतले बताएको छ । उनी प्रचण्ड सरकारमा पनि यही मन्त्रालयमा थिए ।

देउवाले आफ्नो सरकारमा उपप्रधानसहित तीन मन्त्रालय दिने सहमति बनेको थियो । तर, फोरम लोकतान्त्रिकले भने आफूले पाउने तीनवटै मन्त्रालयमा मन्त्री पठाउने बताएको छ ।

फोरम लोकतान्त्रिकले जितेन्द्र देव र गोपाल दहितलाई मन्त्रीमा निरन्तरता दिने भएको छ । प्रचण्ड सरकारमा जितेन्द्र देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधारमन्त्री थिए । यसै मन्त्रालय उनीहरुको भागमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...