देउवा बने मुलुकको ४० औं प्रधानमन्त्री

१० वर्षको अवधीमा फेरिए १० प्रधानमन्त्री, देउवाको म्याद ७ माघसम्म

Sher bahadur

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० आंै प्रधानमन्त्री निर्वाचित भएका छन् ।

उनी चौथोपटक प्रधानमन्त्री बन्न पनि सफल भएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक प्रस्तावक बनेका थिए ।

प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा ३८८ मत परेको थियो । विपक्षमा १७० मत परेको थियो । प्रधानमन्त्रीको निर्वाचनमा ५५८ जना संसदले सो मतदान प्रक्रियामा भाग लिएका थिए ।

एमालेले प्रधानमन्त्रीको निर्वाचनमा उपाध्यक्ष वामदेव गौतमलाई उम्मेद्वार बनाउने तयारी गरेको भए पनि निर्वाचन आयोगले भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने विषयमा निर्णय गरेपछि एमालेले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएको थिएन

देउवाको म्याद ७ माघसम्म मात्र
अत्याधिक बहुमतले प्रधानमन्त्रीमा चुनिएका देउवा नेपालको संविधान अनुसार ७ माघ २०७४ सम्म मात्र हुनेछ । संविधानको धारा २९६ मा संसदको कार्यकाल संवत २०७४ साल माघ ७ गतेसम्म कायम रहने स्पष्ट व्यबस्था गरिएको छ ।

आज निर्वाचित भएका प्रधानमन्त्री देउवाले संविधान अनुसार माघ ७ सम्म देउवा प्रधानमन्त्री रहन पाउने छन् । त्यो अवधीमा तिनै तहको निर्वाचन भइसक्ने भएकाले त्यो बेला अर्काे प्रधानमन्त्री बनिसक्ने छन् ।

माओवादी केन्द्रसहितका दलहरुसँग भएको सहमतिअनुसार देउवाले ७ माघसम्म स्थानीय तहको दोस्रो चरणको निर्वाचन, प्रदेश निर्वाचन र संसदीय निर्वाचन सम्पन्न गरिसक्नुपर्ने छ ।

यदि गैर संवैधानिक ढंगले संसदको कार्यकाल थप गरिएमा मात्रै देउवाको कार्यकाल लम्बिन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...