नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मंगलबार

Kheal

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच मंगलबार साँझ मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मुम्बईको अंधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार साँझ सवा सातबजेदेखि दुईबीचको खेल सुरु हुनेछ ।

मुम्बईमा सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले भारतसँग हुने मैत्रीपूर्ण खेल कठिन तरमहत्वपूर्ण भनेका छन् ।

‘यो खेल एफसी क्वालिफायर्सका लागि तयारी हो । भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ । खेल कठिन र महत्वपूर्ण छ ।’ कोजीले भने ।

यस्तै भारतले पछिल्लो २र३ वर्षमा धेरै सुधार गरिरहेको बताउँदै प्रशिक्षक कोजीले भने, ‘सुखद नतिजाका लागि धेरै प्रतिस्पर्धा हुनुपर्छ, तर हामीले धेरै अभ्यास खेल खेल्न पाएका छैनौं । भारत सँगको खेलले नेपाललाई यसमा पनि सघाउ पुग्छ ।’

नेपाली टोलीले चार सातादेखि तयारी गरिरहेको बताउँदै उनले फिजिकल र ट्याक्टिकल रुपमा भारत राम्रो भएपनि नेपालले कडा टक्कर दिने बताए । यस्तै रोहितको आगमनले टिम सन्तुलनमा रहेको प्रशिक्षकको भनाई थियो ।

यता भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने बताए । ‘हामी राम्रो खेलको प्रतीक्षामा छौं र आशा छ हामी खेल जित्नेछौं ।’ उनले भने ।

उनले किर्गिस्तानविरुद्ध हुने एसियन कप क्वालिफायर्सका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताए ।

भारत अहिले फिफा वरीयतामा सयौं स्थानमा छ । भारतीय प्रशिक्षक कनस्टाइनले धेरै मिहनेत र परिश्रमले गर्दा भारत यो स्थानमा आइपुगेको बताए। तैपनि वरीयताले नै सबैकुरा निर्धारण नगर्ने उनले प्रष्ट्याए ।

आफ्ना नियमित कप्तान सुनील क्षेत्रीले आजको खेल नखेल्ने प्रशिक्षक स्टेफनले पुष्टि गरेका छन् । उनको अनुपस्थितिमा भारतको कप्तानी गुरप्रित सिंह सान्धुले गर्नेछन् ।

यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो ।

नेपालले जेठ ३० गते एसियन कप क्वालिफायर्स अन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ । त्यही दिन भारतले पनि कीर्गिस्तानको आतिथ्य गर्नेछ ।

भारतले आफ्नो समूहको पहिलो खेल जितेको थियो भने नेपाल फिलिपिन्ससँग पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टोलीले पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतसँग खेलेको थियो। विमल घर्ती मगरले गोल गरेको उक्त खेलमा नेपाल भारतसँग ४(१ ले पराजित भएको थियो।

नेपाल र भारत सिनियर लेभलमा अहिलेसम्म १८ पटक आमने सामने भएका छन् । जसमा भारत १२ पटक विजयी भएको छ भने नेपालले २ खेल मात्र जितेको छ । बाँकी ४ खेल बराबरीमा टुङ्गएिको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...