‘पाँच मिनेट’ मा लैंगिक समानताको आवाज

5 minet

ललितपुर । लैंगिक समानतामा आधारित ‘पाँच मिनेट’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ ।

एन्टेना फाउण्डेशन नेपालले आयोजना गरेको सो डकुमेन्ट्रीमा समाजमा विद्यमान लैंगिक विभेदलाई झल्काइएको छ । जनचेतनामुलक सो डकुमेन्ट्री ‘पाँच मिनेट’ का भागहरु प्रत्येक हप्ता संस्थाको युट्युब च्यानलमार्फत प्रसारण गरिन्छ ।

‘घरका महिला सदस्यहरुले गर्ने भनी अपेक्षा गरिएका कार्यहरु रियालिटी गेम शोको रुपमा यस छोटो भिडियोमा पुरुष पात्रहरुद्धारा गराई लैंगिक विभेदसम्बन्धी परम्परागत मान्यतालाई तोड्ने तथा लैंगिक समानतालाई बढावा दिने उदेश्यले ‘पाँच मिनेट’ भिडियो निर्माण गरिनेछ ।

एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक सतिशजंग शाहीका अनुसार पहिलो पाँच मिनेट भिडियो अंकमा हेमन्त शर्मा, कमल खत्री, प्रमोद खरेल, धर्मेन्द्र सेवान र विजय लामाको सहभागिता रहेको छ । यस ‘पाँच मिनेट’ भिडियामा नेपालको आम संचारकर्मी राजेन्द्रप्रसाद (रविन) शर्माले प्रस्तोताको भुमिका निर्भाह गरेका छन् । गीत संगीत, सिनेमा, खेलकुद, सञ्चार क्षेत्रका व्यक्तित्वहरु ‘पाँच मिनेट’ अंकहरुमा सहभागी हुनेछन् ।

‘पाँच मिनेट’ ३९ भागको हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...