भदौमा मिस्टर काठमाडौं हुने

Susagathan

काठमाडौं । दोस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता भदौमा हुने भएको छ ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा भदौ २३ र २४ मा काठमाडौंमा हुने भएको हो ।

मिस्टर काठमाडौंमा विभिन्न ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् ।

मिस्टर काठमाडौंको उपाधि विजेतालाई १ लाख १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जनाएका छन् ।

त्यस्तै महिलातर्फ खुला उचाईं विधामा प्रतिस्पर्धा हुनेछ । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

जुनियरतर्फ प्रथम जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन पनि हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...