गायनपछि चलचित्र निर्देशनमा लाग्ने तयारीमा एकराज

Ekraj thapa

काठमाडौं । संगीत नै दुः ख साथी हो । संगीत कला हो । शब्दलाई चिन्नु संसारलाई चिन्नु जस्तै संगीतको साधनामा रमाउने मान्छे कहिल्यै पनि थाक्दैनन्, कलाले बुनेको संसार नै छुट्टै हुन्छ । यसको एक पात्र हुन्, एकराज थापा ।

सल्यान जिल्लाको छत्रेश्वर गाउँपालिका १ दमाचौरमा जन्मिएका एकराज सानैदेखि गीत संगीतमा रमाउने गर्थे । बाल्यकालदेखि नै धेरै दुःख गर्दै गरेका उनी घाँस, दाउरा जाँदा साथीसंगीसँग आफ्नो संगीतमार्फत आफ्नो दुःख पोख्ने गर्दथे ।

०५८ सालदेखि लोकदोहोरी प्रतियोगितामा भाग लिदैं आएका थापाले थुप्रै पुरस्कार समेत हात पारेका छन् । सांगीतिक यात्रामा रमाउँदै उनी ०६८ सालमा राजधानी भित्रिए । उनले आफ्नै शब्द संगीत र स्वरमा पहिलो गीत रेकर्ड गरे, त्यो पनि प्रिज्म रेकडिङ स्टुडियोमा ।

उनले आफ्नो आवाजमा ‘खेल्छौ कलबिरे,  ऋण लाएर प्रदेश भको छु’ जस्ता दर्जनौ लोक गीतमा स्वर भरिसकेका छन् ।

उनले निगालोको डोको बोलको गीतमा अभिनय समेत गरेका छन् । चलचित्रमा समेत अभिनय गरिसकेका उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा निर्देशन पनि गरेका छन् ।

यो वर्ष उनी ४ वटा चलचित्रमा निर्देशन गर्ने तयारीमा जुटेका छन् । उनी हाल नेपाली कथानक चलचित्र ‘विराजमान’को सहायक निर्देशन हुन् । उनले सहयात्री कला केन्द्र स्थापना गरी नृत्य सिकाउँदै आएका छन् ।

‘म आफुलाई अभिनय र निर्देशकको रुपमा पनि चिनाउन चाहन्छु’ उनले भने, ‘म कलामै रमाउन चाहने भएकाले मैले यो क्षेत्रमा निरन्तर संघर्ष गरिरहने छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...