धनकुटामा यसकारण जित्दैछ एमालेले

एमाले भन्छ : हामी सातै तह कब्जा गर्छाै

Uml dhankuta

काठमाडौं । २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधि नहुँदा पनि धनकुटामा नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । बहुदलीय व्यवस्था आएपछि धनकुटाका ३५ गाविस र एक नगरपालिकामा एमालेले कब्जा गरेको थियो ।

त्यसमा पनि २० वर्षपछि हुन भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले पहिलो स्थानमा पुगेपछि धनकुटाका सातै निकायमा एमाले जित हात पार्नेमा उत्साहित बनेका छन् ।

एमालेले २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा ३४ गाविस र एक नगरपालिकामा जित हात पारेको थियो भने एक गाविसमा राप्रपाले जितेको थियो । स्थानीय तहको पुनर्संरचनापछि बनेको सात वटा निकायमा नै एमालेले दावी गरेको छ ।

२०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएका धनकुटा नगरपालिकाका प्रमुख वाङ्दी लामा, छिन्ताङ गाविसका अध्यक्ष तिलक राई, कुरुलेतेनुपा गाविसका अध्यक्ष उपेन्द्र लावतीले पार्टी परिवर्तन गरेका छन् । हात्तिखर्च गाविसमा हरिराज खेवा लिम्बु माओवादीबाट पहिलो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनको सडक दुर्घटनामा परी गत वर्ष मृत्यु भएको थियो ।

एमालेले सात वटा निकायमध्ये साँगुरीगढी गाउँपालिकामा भने अझै उम्मेदवारको टुंगो लगाएको छैन । त्योबाहेक धनकुटा नगरपालिकामा चिन्तन तामाङलाई मेयर र सकुन्तला बस्नेतलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

एमालेले पाख्रिवास नगरपालिकामा वृषबहादुर राईलाई मेयरको उम्मेदवार बनाएको छ भने देवकला पौडेल तिमिल्सनालाई उपमेयर बनाएको छ । त्यसैगरी महालक्ष्मी नगरपालिकामा पर्शुराम नेपाललाई मेयर र मञ्जु अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको प्रचार विभाग प्रमुख नैन रुचालले बताए । उनले निशानन्युज डट कमसँग भने, ‘साँगुरीगढीमा अब केही दिनभित्र टुंगो लागिसक्छ ।’

बहुदलीय व्यवस्था आएदेखि नै धनकुटामा एमालेले सबै गाउँमा बलियो पकट बनाउँदै आएको छ । तल्लो तहसम्म संगठन विस्तार गरेको एमालेले संसदीय निर्वाचनमा भने राम्रो नतिजा ल्याउन सकेको छैन ।

पहिलो संविधानसभाको निर्वाचनमा धनकुटाका २ वटै निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा भने क्षेत्र नम्बर १ बाट एमालेका टीकाराम चेम्जोङ विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा राप्रपाका सुनीलबहादुर थापा निर्वाचित भएका थिए ।

फितलो गठबन्धन
लामो समयदेखि धनकुटाको स्थानीय तह एमालेले कब्जा गरेको भन्दा धनकुटामा एमालेबाहेकका राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने प्रयास गरेका थिए ।

तर, गठबन्धन बनाउन लागेका दलहरुबीच नै समझदारी बन्न नसक्दा एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा जान लागेका छन् । यद्यपि राप्रपा र काग्रेसबीच महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा मात्रै तालमेल गर्ने अवस्थामा पुगेका छन् ।

धनकुटामा राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेलका लागि पहल भएको भए पनि अधिकांस पार्टीहरुले प्रमुख पद छोड्न नमान्दा पनि चुनावी तालमेल हुन सकिरहेको छैन । ‘संगठन नभएको ठाउँमा पनि हामी जित्छौ भनेर प्रमुख पद नछाड्ने अडान लिएका छन्’ तालमेलका लागि जुटेका एक नेताले भने, ‘तालमेलका बेला हार्न कोही नमान्ने तर, चुनावमा जादा जित्क कसैले नसक्ने अवस्था आयो ।’

अहिले धनकुटामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल गर्ने तयारी भइरहेको नेपाली कांग्रेस धनकुटामा सचिव विजयसन्ताषी राई बताउँछन् ।

त्यसै पनि धनकुटामा एमाले बाहेकका राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्र संगठनात्मक रुपमा कमजोर मानिन्छन् । त्यस अवस्थामा पनि अन्य राजनीतिक दलबीच तालमेलमा कुरा नमिल्दा जिल्लाका सातै तह एमालेले कब्जा गर्नेमा एमाले ढुक्क देखिएको छ ।

एमाले धनकुटामा अध्यक्ष राजेन्द्र राई भन्छन्, ‘अरु दलहरु तालमेलमा लागे पनि यो पटक हामी जिल्लाका ७ वटै स्थानीय तह जित्छौ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...