कीर्तिमानी उपाधिपछि ‘जवान’ केटो महशुस गर्दैछु रोनाल्डो

Ronaldo

काठमाडौं । रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

यी पोर्चुगिज सुपरस्टारले युइइएफए म्यान अफ द म्याचको पुरस्कार सर एलेक्स फर्गुसनको हातबाट पाए, जसले १३ वर्षअघि किशोर अवस्थामै उनलाई व्यवसायिक फुटबलरका लागि अनुबन्ध गरेका थिए ।

क्लव र देशका लागि ६००औं गोल गरेपछि ३२ वर्षीय यी स्ट्राइकर आफू यति ताजा महशुस गर्छन कि जति युवा समयमा गर्दथे । ‘उमेर भनेको मात्र नम्बर हो, म अहिले पनि आफूलाई जवान महशुस गरिरहेको छ ।’ रोनाल्डोले भने ।

‘यो अर्कोे एउटा महान सिजन हो । र मेरा लागि एक अविश्वसनीय, हामीले डवल टाइटल जित्यौं ।’ला लिगा र च्याम्पियन्स लिग

कार्डिफमा सम्पन्न फाइनलमा रोनाल्डोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको सात मिनेटपछि नै मारियो माञ्जुकिजले शानदार गोल गर्दैै बराबरी गरेका थिए ।

युभेन्टसले पहिलो हाफमा शानदार खेल प्रदर्शन गर्‍यो, तर दोस्रो हाफमा हामी निक्कै हावी भयौं र मेरो बिचारमा यो सिजन हाम्रो राम्रो पक्ष भनेकै यहि रहृयो ।’ रोनाल्डोले भने ।

‘च्याम्पियन्स लिग जित्नु सहज पक्कै छैन । बिशेष गरी युभेन्टसजस्तो टोलीसँग जो फाइनलसम्म आउँदा मात्र ३ गोल खाएको थियो ।’

 

प्रतिकृया दिनुहोस