फर्सीको मुन्टाको तरकारी खाँदा पोखरामा परिवारै वेहास

मनिपाल शिक्षण अस्पतालमा उपचार हुँदै

Farsa ko munta

पोखरा । फर्सीका मुन्टाको तरकारी खाँदा एकै परिवारका ५ जना बेहोस भएका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ शितलादेवीका एउटै परिवारका सदस्यहरु अकस्मात बेहोस भएका हुन् ।

बेहोस हुनेमा ८० वर्षीय प्रेम गुरुङ र उनकी श्रीमती ६९ वर्षीय लक्ष्मी गुरुङ, उनका छोरा ३७ वर्षीय गमबहादुर गुरुङ र ११ वर्षीय अनमोल गुरुङ छन् । उनीहरुको मणीपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । तर, २४ घण्टासम्म पनि उनीहरुको अवस्थामा सामान्य सुधारबाहेक खासै प्रगति भएको छैन । बिरामीको अवस्था सुधारोन्मुख रहेको परिवारका सदस्यले बताएका छन् ।

उनीहरुले सोमबार साँझ आफ्नै बारीको फर्सीका मुन्टाको सागको तरकारी खाएपछि चक्कर, वाक, वाक र बमिट भएको थियो । फर्सीको मुन्टा खाँदा एकै परिवारका पाँचै जना सिकिस्त भएपछि चिकित्सक समेत आश्चार्य चकित भएका छन् ।

उपचाररत प्रेमबहादुरकी श्रीमती लक्ष्मीले विहीबार आफ्नै बारीको फर्सीको मुन्टा टिपेर बनाएको तरकारी खाने वित्तिकै लक्ष्मीसहित श्रीमान र छोरा, नाति बेहोस् भएका थिए । घरका सदस्य मध्ये खाना नखाएका उनका छोरा कृष्णबहादुर मात्र शकुसल छन् । उनले आफुले घर बाहिर खाना खाएकाले सबै परिवारका सदस्यको उपचार गर्न ल्याउन सजिलो भएको बताए ।

खाना खाने बित्तिकै बेहोस् भएका चार जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल शिक्षण अस्पताल पु¥याएर उपचार गरिएको हो । ४ जनाको सधन उपचार कक्ष (आईसियु )मा उपचार भइरहेको प्रहरी हवल्दार रामप्रसाद लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...